निजगढ –  युथ अफ निजगढले निजगढ नगरपालिका वडा नं १३ भक्तलाल घोरेघारिकि टयुमर पिडित सुनमाया थापालाई नगद रकम सहयोग प्रदान गरेको छ । बिगत १३ वर्षदेखि गालाको टयुमरबाट पीडित थापालाई युथ अफ निजगढले शनिबार एक कार्यक्रमबीच नगद ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको हो ।

 

 

 

 

 

 

 

 

युवा समाजसेवी तिलकबहादुर घलानको विशेष पहलमा उक्त रकम सहयोग कार्यक्रम आयोजना गरिएको बताइएको छ । युथ अफ निजगढकी अध्यक्ष गङ्गामाया श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १३ का वडाअध्यक्ष सुर्य घलान, निजगढ नगरकार्यपालिका सदस्य पवन बिक, सन्चारकर्मीहरु प्रल्हाद तिमल्सिना, ईन्दिप कोईराला तथा स्थानिय युवाहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here