हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संविधानले दिएको अधिकार पनि प्रदेशले प्रयोग गर्न नपाएको गुनासो गर्नुभएको छ । संघिय सांसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आयोजनामा वागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट सुरु भएको “विकास र समृद्धिमा अन्तरतह समन्वय” विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले धेरै समयपछी प्रदेशको अस्तित्व समाप्त हुने स्थितीमा पुगेको वताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

लामो समयपछी स्थानीय तह वलियो भएको वताउँदै उहाँले भन्नुभयो(‘स्थानीय तह वलियो वनाउनुपर्छ भनेर लागियो तर, अहिले पनि संघीय सरकारले हरेक विकास निर्माणका काममा आफ्नै संरचना वनाएर जिल्ला जिल्लामा काम गर्दै आएको छ । प्रदेशले पाएको अधिकार पनि कटौती भएको छ । यस्तो अवस्थामा प्रदेशको अस्तीत्व कसरी रहन सक्छ ?

 

 

 

 

 

 

 

 

 

 

 

हिजोको काम भन्दा अहिलेको काममा सुधार आउन नसकेको मुख्यमन्त्री पौडेलले वताउनुभयो । अहिले पनि फाइल टेवल मुनी वस्ने गरेको उहाँको गुनासो छ । आफुहरुले चाहेर पनि काम गर्न नसकेको उहाँले वताउनुभयो । केहि काम गर्न खोज्दा माथीबाट घाँटीनै समात्ने काम हुने गरेको वताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

कामको वर्गीकरण नहुँदा समेत प्रदेश सरकारले सोचे अनुसारको क्रियाकलाप गर्न नसकेको बताउँदै भन्नुभयो‘५० करोडको योजना हुन्छ संघीय सरकारले ५० हजार देखि एक लाख, दुईलाख एक करोड सम्म दिन्छ अनी कसरी काम हुन सक्छ ? ७० वटा योजना हुन्छ दुई, तीन वटा योजना सकिने मात्र पैसा पठाइन्छ । यो समस्यामा काम गर्न समस्या छ ।’ प्रदेश, संघ र स्थानीय तहले के कस्तो काम गर्ने भन्नेबारे अझैपनि अन्यौलता रहेको वताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले योजनाहरुमा समन्वय गरेर काम गर्नुपर्ने वताउनुभयो । समन्वय नहुँदा काममा समस्या रहेको वताउनुभयो । विना विवाद संघीयता कार्यान्वयन गर्नुपर्ने भन्दै उहाँले संघीय सरकारले ठुला योजना निर्माण गर्नुपर्ने र प्रदेश र स्थानीय तहले साना खालका योजना निर्माण गर्नुपर्ने वताउनुभयो । दुई दिनसम्म हेटौँडामा हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फूयाल, प्रदेश अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, प्रदेश मामिला विकास समितिका सभापति माधव पौडेल लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

दुई दिनसम्म हेटौँडामा हुने कार्यक्रममा अन्तर सरकारी वित्त परिषद्का सदस्य डाक्टर खिमलाल देवकोटाले विकासमा अन्तरतह समन्वय संवैधानिक तथा कानूनी आधार र वित्तिय अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नुभयो । उहाँ लगायतका विभीन्न व्यक्तीत्वहरुले आजको कार्यक्रममा प्रस्तुतीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here