बारा जिल्ला आफैमा एतिहाँसिक र पर्यटकीय संभावना बोकेको जिल्ला हो । बाराको भुगोल एकै खालको छैन यो पनि बाराको अर्को बिशेषता हो । बारा संभावना र बिशेषताले भरिएको जिल्ला हो। बारामा एतिहाँसिक र धार्मिक स्थलहरुकै सामान्य याद गरियो भने पनि कमै होला । औंलामा गनेर नसकिने पर्यटकीय स्थलहरु बारामा छन् । यो बारावासीका लागि एउटा महत्वपूर्ण अवसर हो । हुनत आफ्नो जिल्लामा पर्यटक भित्राउनका लागि कुनै योजना बनाउन आवश्यक पनि छैन ।

 

 

 

 

 

 

 

हरेक स्थानीय तहले कुनै न कुनै योजना बनाएर पर्यटक प्रद्र्धनका लागि गतिबधिहरु संचालन गर्न सक्छन् । पर्यटन योजनाहरु बनाउन सक्छन् तर अहिले सरकारले भ्रमण बर्ष २०२० घोषणा गरेका कारण यसलाई समेत सफल बनाउने दायित्व बाराका सबै स्थानीय निकायसँग छ । त्यसैले बाराका स्थानीय तहरुले पनि यस बिषयमा नीति बनाउदा उचित होला ।

 

 

 

 

 

 

 

बिकासको सवालमा दलहरु मात्रै होइन कोही पनि बिभाजित हुन आवश्यक छैन । बिकास र जिल्लाको समृद्धिको सवालमा सबैको मत एउटै हुनु पर्दछ । समृद्धिको यात्रामा सबैको साथ भयो भने मात्रै जिल्लाको बिकास हुनु हो । जिल्लाको बिकासका लागि कोही बिभाजित हुन आवश्यक छैन । अब बाराको समग्र बिकासका लागि संयुक्त अभियान संचालन गरौं बिभाजित नभइ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here