अनिल तिवारी
सिमरा –  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपराले शनिवार गरीब तथा असाहाय परिवारका बृद्धबृद्धालाई जोडोबाट बच्न न्यानो कम्बल बितरण गरेको छ । केहि समय यता तराईमा सितलहरसंगै बढदै गएको चिसोका कारण प्रभावीत बृद्धबृद्धाहरुलाई यस वडाले चिसोबाट बच्न कम्बल वितरण गरेको होे ।

 

 

 

 

 

कार्यक्रममा नेकपाका नेता देवनारायण चौधरीले नेकपा जील्ला कमिटिले पार्टि जीतेको स्थानिय तहको तहगत क्षेत्रमा गरीब तथा विपन्न परिवारलाई चिसोबाट बच्न सहयोग गर्ने निर्णय गरेको र सो कार्य अन्तरगत यस वडाले योे कम्बल वितरण कार्य गरेको प्रति वडा अध्यक्ष सहित वडा कार्यालयलाई धन्यवाद दिनुभएको थियो ।

 

 

 

 

 

 

शनिवार वडा कार्यालयमा औपचारिक कार्यक्रमको आयोजना गर्दै यस वडाले आफ्ना वडा भित्रका करिब १६० जनालाई कम्बल वितरण वडा अध्यक्ष प्रभुनाथ प्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले अघिलो वर्ष वितरण गरेका बाहेकलाई यस वर्ष कम्बल वितरण गरेको बताउदै आवश्यक्ता अनुसार यस वडाले थप सहयोग गर्ने जानकारी दिनुभयो ।

 

 

 

 

 

 

वडा अध्यक्ष चौधरीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता एवम पुर्व गा.वि.स अध्यक्ष भुदेव चौधरी, स्थानिय समाजसेवि राधेश्याम चौधरी, लक्ष्मी चौधरी, प्रभादेवि पासवान लगाएतको सहभागीता रहेको थियो । वडा सदस्य अनिता चौधरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडा सचिव संगिता चौधरीले कम्बल वितरण गर्न सहयोग गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here