हेटौंडा –  प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गरिने वताउनुभएको छ । उद्योग संघ मकवानपुरको १८ औ वार्षिक साधारण सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले प्रादेशसीक उद्योगका रुपमा काम गर्नका लागि आफुहरु अगाडी वढेको वताउनुभयो । उद्योगिका समस्या समाधान गर्नका लागि आफुहरु लाग्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।

 

 

 

 

 

 

कार्यक्रममा प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले उद्योगिका लागि प्रदेश सरकारले के गर्नुपर्छ आफुहरु त्यो गर्नका लागि तयार रहेको वताउनुभयो । उद्योगिका लागि कानूनमा राम्रा कुरा समेटेको उहाँले वताउनुभयो । यस प्रदेशलाई उद्योगमैत्री वनाउनका लागि काम भईरहेको उहाँले वताउनुभयो । यहाँ रोजगारी सृजनागर्ने गरी आर्थीक समृद्धीको आधार तयार गर्नुपर्ने उहाँले वताउनुभयो ।

 

 

 

 

 

 

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता इनद्रबहादुर वानियाँले सव्दले मात्र अहिलेको सरकारले समृद्ध नेपाल सुखी नेपाली वनाउने भन्दा पनि व्यावहारमा लागू गरिनुपर्ने वताउनुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, संविधान सभाका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाली काग्रेश मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट, बानका उपाध्यक्ष उज्वल चौलागाई, महाँसंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, मजदुर नेता गंगा भटराई लगायतकाको आतिथ्यता रहेको थियो ।

 

 

 

 

 

 

 

उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगिका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका अन्नपुर्ण पोष्ट दैनिक मकवानपुरका सम्बाददाता कृष्ण सारु मगर, नयाँ पत्रिका दैनिक मकवानपुरका सम्बाददाता सुदिप शिवाकोटीलाई नगद रकम सहित सम्मान गरिएको छ । त्यसैगरी आफै उद्यमी गर्दै आउनुभएका महिला उद्यमी देवि मायाँ श्रेष्ठलाई पनि सम्ममान गरिएको छ । तीनै जनालाई मुख्यमन्त्री पौडेलले सम्मान गर्नुभएको हो ।

 

 

 

 

 

 

यसैगरी उद्योग संघ मकवानपुरको साधारण सभाले अध्यक्षमा लेखराज पोखरेललाई चयन गरेको छ । संघका वरिष्ट उपाध्यक्षस्वागत राज प्याकुरेल, उपाध्यक्ष वद्रिनाथ शर्मा, महासचिव वासु कार्कि लगायतका चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here