सशस्त्र प्रहरीले बराबम गरीएकाे सामान ।
नरेश गुप्ता
बरियारपुर –  सशस्त्र  प्रहरी बेश क्याम्प बरियारपुरले यात्रुबाहक बसबाट राज्श्व छलिका लत्ताकपडा  बरामद गरेको छ । बाराको सिमरौनगढ बाट काठमाडौ जाँदै गरेको ना ८ ख ४४०७ नम्बरको   स्टार डिलक्स  यात्रुबाहक बसलाई चेकजाँच गर्दा कुर्ती ९० थान , गंन्जी २३० थान झोलामा लुकाईछिपाई लगिरहेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताउनु भयो ।
बरामद गरिएको लत्ताकपडा  अन्दाजी मुल्य  ५६ हजार पाँच सय बराबरकाे  रहेको छ । सशस्त्र  प्रहरी सहायक निरीक्षक अजय कुमार झाको कमान्डमा रहेको पसहा चेक प्वाईन्टमा सो लत्ताकपडा  बरामद  गरिएको थियो । बरामद भएको  भन्सार छलिका लत्ताकपडा आवश्यक अनुसन्धानको लागि बिरगंज  भन्सारमा बुझाईएको सशस्त्र  प्रहरी बल नम्बर १२ गणका सशस्त्र  प्रहरी  उपरीक्षक  दिग बिजय सुबेदिले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here