जनकपुरधाम –  मधेश आन्दोलनमा बलिदानी दिएका शहीदहरुको सम्झनामा मनाईने बलिदानी दिवस प्रदेश सरकारले यस वर्ष बीरगंजमा विशेष समारोहको आयोजना गरि मनाइने भएको छ । प्रदेश सरकार मन्त्री परिषदको आज सम्पन्न बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाउनु भएको छ ।

 

 

 

 

 

प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहने छ । उक्त कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने जनाइएको छ । २०६३ साल यता मधेश केन्द्रित दलहरुले शहीदहरुको सम्झनामा मनाउदै आएको बलिदानी दिवस गत वर्ष देखी प्रदेश सरकारले मनाउन थालेको हो । गत वर्ष माघ पाँच गते सिरहाको लहानमा बलिदानी दिवसको विशेष समारोह आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here