हेटौंडा –  प्रदेश नम्बर ३ को प्रदेश सभाको वैठक पुस २३ गते सम्मका लागि स्थगित भएको छ । पुस २२ गतेको प्रदेश सभा वैठकमा प्रदेशकमो राजधानीका विषयमा मतदान हुने भनिएपनि अव २३ गते मात्र वैठक वस्ने भएको हो । सभामुख सानुकुमार श्रेष्ठले पुस २३ गते दिउसो ३ वजे सम्मका लागि वैठक स्थिगित भएको वताउनुभयो ।

 

 

 

 

 

प्रदेश नामाकरण सम्बन्धी कार्य्विधि २०७६ प्रदेशसभाले स्वीकृत गरेको छ । मुख्य सचेतक रामेश्वर फुँयालले टेबुल गरेको प्रस्ताव गरेको कार्य्विधिमा नेपाली कांग्रेसकी सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले समर्थन गरेका थिए । प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

 

 

 

 

 

 

 

प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि सर्वसम्मत पारित
यसैगरी ३ नम्बर प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि सर्वसम्मत पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले प्रदेशको नामाकरणसम्बन्धी कार्य्विधि संशोधनसहित सर्वसम्मत पारित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक रामेश्वर फुँयाल प्रस्तावक र नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले र विवेकशिलका रमेश पौड्याल समर्थक रहेको प्रदेशको नामकरणसम्बन्धी कार्य्विधिसम्बन्धी प्रस्ताव बैठकमा पेश भएको थियो । प्रस्तावमाथि विभिन्न सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले उठाएका विषयमाथि प्रस्तावक फुँयालले जवाफ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here