हेटौंडा । मकवानपुर जिल्लामा विधुतीकरणका लागि संघीय सरकारले ३७ करोड रुपैयाँ छुट्याएको छ । चालु आर्थिक वर्षमा विधुतीकरणमा ३६ करोड ८७ लाख रुपैयाँ वरावरको काम हुँदै छ । विधुत विस्तार, ट्रास्फर्मर मर्मत, काठका पोल विस्थापीत गर्ने कामका लागि ३७ करोड रुपैयाँको काम गर्न लागिएको हो ।  विधुत विस्तार, ट्रास्फर्मर मर्मत, काठका पोल विस्थापीत लगायतकाका कामका लागि संघीय सरकारको वजेटबाट काम हुन लागेको हो । तर, नेपाल विधुत प्राधिकरणले भने नियमित काम अन्तरगत यो काम गर्दै छ ।

 

 

 

झण्डै ३७ करोड लागतमा मकवानपुरका दशवटै स्थानीय तहमा विधुतीकरणका लागि थप सहज हुने मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले वताउनुभयो । विधुतीकरणमा मकवानपुर क्षेत्र नम्बर २ मा मात्र ३१ करोड ३७ लाख र क्षेत्र नम्बर १ मा ५ करोड ५० लाख रुपैयाँको काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
विधुतीकरणमा मकवानपुरको मनहरी गाउँपालिकामा ३ करोड १७ लाख, कैलाश गाउँपालिकामा ४ करोड ९० लाख, हेटौंडाका चार वटा वडामा २ करोड ३४ लाख, मकवानपुर गढीमा ३ करोड ४४ लाख रुपैयाँको विधुतिकरण गर्न लागिएको सांसद खतिवडाले वताउनुभयो ।

 

 

 

 

मकवानपुरको वागमती गाउँपालिकामा एक करोड २७ लाख रुपैयाँ, थाहा नगरपालिका र इनद्रसरोवर गाउँपालिकामा १६ करोड रुपैयाँ, राक्सीराङ गाउँपालिकामा एक करोड २० लाख, भिमफेदी गाउँपालिकामा एक करोड ४२ लाख रुपैयाँमा काम गर्न लागिएको हो । नेपाल सरकारको ग्रामिण विधुतीकरण तथा प्रणाली सृदृढीकरण कार्यक्रम अन्तरगत यो काम गर्न लागिएको छ । यसैगरी विधुतीकरणमा हेटौंडा वितरण केन्द्र अन्तरगत कुनैपनि एमेरजेन्सी परेमा एक करोड ५० लाख रुपैयाँको विधुतीकरणमा जुनसुकै काम गर्न सकिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here