जनकपुरधाम – मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतको सम्बन्धलाई युनिक बताउनुभएको छ । भारतका पर्यटन राज्यमन्त्री प्रह्लाद सिंह पटेललाई स्वागत गर्नुहुँदै मुख्यमन्त्री राउतले विश्वमा कुनै दुई देशबीच नरहेको सम्बन्ध नेपाल र भारतको रहेको बताउनुभयो ।

 

 

 

 

नेपालका अभिभावकले छोराछोरीको विहे गर्न भारतमा केटाकेटी खोज्न जाने गरेको र भारतका अभिभावकले नेपालमा खोज्न आउने गरेकोले दुवै देशबीचको सम्बन्ध युनिक रहेको मुख्यमन्त्री राउतले भन्नुभयो । यस्तो सम्बन्धले दुई देशको आत्मियतालाई उजागर गरेको उहाँले थप्नुभयो ।

 

 

 

 

मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्री पटेलको जनकपुरधाम आगमनले प्रदेश २ को पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले पर्यटकको संख्या वृद्ध भएको बताउनुहुँदै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने बताउनुभयो ।

 

 

 

 

 

 

भारतीय पर्यटन राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले गरेको स्वागत, सत्कारको प्रशंसा गर्दै भारतीय पर्यटन राज्यमन्त्री पटेलले जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्नको लागि परिवारलाई बोलाएको बताउनुभयो ।

 

 

 

 

 

पोखरा, लुम्बिनी जाने विकल्प रहेपनि आपूmले भगवान रामको ससुराली जनकपुरधाम जाने इच्छा जाहेर गरेको उहाँले थप्नुभयो ।  सो अवसरमा मुख्यमन्त्री राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीले समेत भारतीय राज्यमन्त्री पटेलको स्वागत गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जनकपुर विमानस्थलमा स्वागत गर्नुभएको थियो । जनकपुर विमानस्थलबाट भारतीय पर्यटन राज्यमन्त्री पटेल सोभैm राम मन्दिर पुगेर दर्शन पुजा गर्नुभयो । परिवारसहित जनकपुर आउनुभएका भारतीय राज्यमन्त्री पटेल जानकी मन्दिरमा दर्शन पुजा गरेर होटल पुग्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here