हेटौंडा –  मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा आज दिउसो सुमो दुर्घटना हुँदा मृत्यु हुनेहरुको सख्या पाँच जना पुगेको छ । तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ भने अरु दुईजनाको उपचार गर्न काठमाण्डौ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभयो । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक जना महिला रहेका छन् ।

 

 

 

 

 

मृत्यु हुनेहरु पाँच जना मध्य दुईजनाको मात्र सनाखत हुन सकेको छ । मृत्युहनेमा सुमोमा सवार श्रीमान श्रीमती समेत परेका छन् । रौतहटको चन्द्रनिहापुर नगरपालिका वस्ने सृजना विक र उहाँका श्रीमान मनिस विकको मात्र सनाखत भएको कुर्मीले जानकारी दिनुभयो । अरु चार जना घाइते भएका छन् । हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत काठमाण्डौँबाट रौतहटको चन्द्रनिहापुर आउँदै गरेको ना १ ज ३४३३ नंबर सुमो इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ ओखलडाँडा सडकबाट तल खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here