मधेश आन्दोलनको रापतापबाट जन्मिएको पार्टी हो, समाजवादी पार्टी । यो पार्टीको शुरुको नाउँ मधेशी जनअधिकार फोरम थियो तर नाउँ परिवर्तन हुँदै अहिले तत्कालिन नयाँ शक्ति पार्टीका बीचमा पार्टी एकीकरण भएपछि यो पार्टीको नाउँ समाजवादी पार्टी हुन पुगेको हो । समाजवादी पार्टी बनेपछि सरकारमा सहभागी भने भएको होइन । संघीय समाजवादी पार्टी रहदाकै समयमा यो पार्टी बर्तमान सरकारमा सहभागी भएको हो ।

 

 

 

 

 

उसले मंगलबार बर्तमान कम्यूनिष्ट नेतृत्वको सरकार छाडेको छ । सरकारसंग केही कुरा नमिलेपछि सरकार छाडेको बताएको छ । त्यसो त सरकारसँग के कुरा मागेको थियो भन्ने कुरा यो पार्टीले आम नागरिकहरुलाई ुबझाउन सकेको छैन । संबिधान संशोधनको मुद्दा त बेला बेलामा उठाएको देखिन्छ तर जुन संबिधानमा नै टेकेर संसाद भएपछि,मन्त्री भएपछि अब संशोधनको कुराको अर्थ छैन ।

 

 

 

 

मधेशी नागरिकहरुको रगतले सिंचित पार्टी हो,समाजवादी पार्टी तर यसको नेतृत्वको अदुरदर्शी नीतिका कारण बेला बेलामा धरापमा पर्ने गरेको छ । बिना अर्थ सरकारमा सहभागी हु्ने अनि फे िबर्हिगमन हुने यो पार्टीको नेतृत्वको शैलीप्रति मधेशका नागरिकहरु आजित जस्तो देखिन्छन् । त्यसैले उसको सरकारबाट बर्हिगमनले कसलाई घाटा हुन्छ समयले बताउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here