नेपालमा कतिपय कुरामा मृत्युदण्डको कुरा उठ्ने गर्दछ । समाजमा हुने बलात्कार र जघन्य हत्यामा संलग्नहरुलाई कारवाही कम भएको भन्दै नेपालमा पनि बेला बेलामा मृत्युदण्डको कुरा उठ्छ तर नेपालमा यो संभव छैन किनभने नेपालले मृत्युदण्ड अंगिकार नगर्ने कुरा संयुक्त राष्ट्रसंघमा नै प्रतिबद्धता जनाइसकेको छ । हो,अपराधमा सवालमा कानुन केही परिवर्तन हुन आवश्यक होला तर मृत्युदण्ड स्वीकार्य छैन । मृत्युदण्ड कति कठोर रहिछ भन्ने कुराको एउटा प्रमाण पाकिस्तानबाट सिक्नु पर्ने भएको छ ।

 

 

 

 

 

 

 

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मसरर्फलाई मृत्युदण्ड दिने आदेश त्यहाँको एक अदालतले गरेको छ त्यत्तिमात्रै होइन अर्को एक अदालतले उनको मृत आत्म पाकिस्तानको कुनै एक चोकमा झुण्डाएर राख्न आदेश दिएको छ । ७८ बर्षीय मसुरर्फ हाल यूएइमा रहेका छन् । उनी आफैले आफ्नो मृत्युपछिको समय आदेश पढेका छन् । यो अदालतको आदेश क्रुर हो ।

 

 

 

 

 

कानुनको समेत गलत ब्यख्या गरेर मुसरर्फप्रति प्रतिशोध साँधेको स्वतः आवास हुन्छ । हो,मुसरर्फले आफ्नो कार्यकालमा केही गल्ती कमजोरी नै गरेका छैनन् भन्ने कुरा होइन । अपराधमा उनी संलग्न छन् भने कारवाही हुनु पर्दछ तर कारवाही मृत्युपछि पनि भन्नु त्यो घृणित तर्क हो । मानवता बिरोधी फैसला हो । यस्ता बिश्वका केही देशबाट नेपाल जस्ता देशहरुले पनि केही सिक्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here