हेटौंडा –  प्रदेश नम्बर–३ को नीति तथा योजना आयोगका उपाध्यक्षको पद विगत पाँच महिना अगाडी देखि खाली भएको छ । पाँच महिना विती सक्दा पनि नीति तथा योजना आयोगका उपाध्यक्ष नियुक्ति गर्न सकिएको छैन । चालु आर्थिक वर्षको साउन १ गते देखि लागू हुनेगरी असार २५ गतेनै पहिलेका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजिनामा दिएर गएपनि हाल सम्म उपाध्यक्षमा नियुक्ती नगर्दा त्यो पद खालीनै भएको हो ।

 

 

 

 

 

प्रदेश भरीको योजनाको काम गर्नका लागि नीति तथा योजना आयोगले काम गर्दै आएको छ । तर, पाँच महिना सम्म पनि अहिलेका सदस्यहरु तीन जना मध्यलाई कार्यबाहक उपाध्यक्षको जिम्मेवारी पनि दिइएको छैन । उपाध्यक्ष पनि नियुक्त नगर्दा काममा समस्या भएको आयोगका कर्मचारीहरु वताउँछन् । नीति तथा योजना आयोगको अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्छ । उपाध्यक्ष नियुक्त गर्ने जिम्मेवारी उहाँकै हो ।

 

 

 

 

 

तै पनि पाँच महिनाको लामो समय सम्म उपाध्यक्ष नियुक्त नगर्दा काममा समस्या भएको आयोगका एक जना सदस्यले वताएका छन् । नीति तथा योजना आयोगको उपाध्यक्ष वन्नका लागि पाँच महिना देखि धेरैले दौडधुप गरेका छन् । उपाध्यक्ष नियुक्त गर्नका लागि केन्द्रका नेताहरुले मुख्यमन्त्रीलाई पटक पटक भनेका छन् । तर, पनि नियुक्ति भने हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here