बारा – बारामा मेलमिलाप केन्द्रको उदघाटन गरिएको छ । सर्वप्रथम कलैया उपमहानगरपालिका वडा नम्वर ९ मा मेलमिलाप केन्द्रको स्थापना गरिएको हो । स्थानिय समस्याहरुलाई स्थानिय स्तर मै कसरी मेलमिलाप गरि समाधान गरिने भनेर मेलमिलाप केन्द्रको उद्धेश्य रहेको छ । प्रवेज आलम असारी, डा अख्तर असारी, महमद ईलियास असारी, पुरुषोतम पाण्डे, जायफर महतो कोईरी, नर्गिस खातुन, कलावती देवि सहित ७ सदस्यि मेलमिलाप कर्ता रहेका छन ।

 

 

 

 

मेलमिलाप कर्तालाई स्थानिय समस्याहरुलाई कसरी स्थानिय स्तर मै समाधान गर्ने वैज्ञानिक विधि द्धारा प्रशिक्षकय विजी घिमिरे र पारखि माईलाले प्रशिक्षण दिईएको थिए । मेलमिलाम केन्द्रको उदघाटन गर्दैे प्रमुख अतिथि कलैया उपमहानगरपालिका उपप्रमुख रहिमा खातुनले स्थानिय समस्याहरुलाई मेलमिलाप विधिबाट यस केन्द्रमा समाधान हुने भएकोले अव प्रहरी कार्यलय, अडा अदालत धाउनु नपर्ने बताईन । सवैले मेलमिलाप केन्द्रमा आफना समस्या दर्ता गराई लाभ लिने उपमेयर खातुनले सुझाएका थिईन ।

 

 

 

कार्यक्रममा बोल्दै वडाध्यक्ष डा अख्तर असारीले स्थानिय समस्यालाई गोपनियताको आधारमा छलफल गराई मेलमिलाप गराई समाधान गर्ने हाम्रो लक्ष्य रहेको बताए । गाउगाउमा सिह दरवार नाराको साथै पहिलो चोटि आफनो वडा बाट न्यायिक समितिको कार्यन्वयन गराई केन्द्र स्थापन गर्नाले उत्साहित भएको समेत उनले बताए ।कार्य्रकमको सञ्चालन वडाध्यक्ष पुण्यदेव रौनियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here