हेटौंडा –  मकवानपुर जिल्लाको दश वटै स्थानिय तहका न्यायिक समिति तथा मोरङ्ग जिल्ला, बिराटनगर महानगरपालिकाको न्यायिक समिति बिच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम भएको छ । अक्सफाम नेपाल तथा नारी सिप सृजना केन्द्रको संयुक्त साझेदारीतामा संचालित राजनितिमा महिलाको सहभागीता तथा नेतृत्व विकाश परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो ।

 

 

 

बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगर महानगर पालिका उपप्रमुख इन्दीरा कार्की, हेटौडा उपमहानगरपालिका उप प्रमुख मिना कुमारी लामा, थाहा नगरपालिका लगाएत आठ वटै गाउंपालिकाका उपाध्यक्ष तथा न्यायिक सिमतिका पदाधिकारीहरु लगाएत कर्मचारीहरुको उपस्थिीति रहेको थियो । कार्यक्रममा न्यायिक समितिमा आउने समस्या तथा समस्या समाधानको लागी गरिने कानुनी तथा ब्यवहारीक प्रकृयाको विषयमा आआफ्नो भौगोलीकता फरक जातजाती तथा परिवेश अनुसार आउने समस्या र मिलाापत्रको शैलीमा फरक पनको विषयमा छलफल भएको थियो ।

 

 

 

न्याय सम्पादनको अन्तीम चरणमा पक्ष र बिपक्ष द्ुबै आत्मवोध गराउन प्रकृया मिल्दो जुल्दो भएको र मुद्धा मिलान प्रकृयाको बिषयमा भएको अनुभव तथा सिकाई आदान प्रदान भएको थियो । अनुभव तथा सिकाई आदान प्रदान सम्वन्धी भएको अन्तरक्रिया कार्यक्रममा ३९ जनाको सहभागीता सहभागीतामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here