अनिल तिवारी
सिमरा – बाराको जीतपुर स्थित ललकापुलबाट प्रहरीले ४ किलो अबैध लागु औषध गाँजा सहित मोटरसाईकलमा सवार २ जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरले पाएको सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटर साईकलको ट्याङ्की तल लुकाएर राखेको अवस्थामा प्रहरीले गाँजा बरामत गरेको हो ।

 

 

पक्राउ पर्नेमा मो पर्साको एकटंगा बस्ने जयराम प्रसाद यादब र रागमोहन यादब रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । प्रहरी नायब उपरिक्षक सागरशम्शेर राणाको नेतृत्वमा खटिगएको प्रहरीको टोलीले निजलाई अबैध लागु औषध गाँजा सहित पक्राउ गरेको हो ।

 

पक्राउ पर्ने यादबद्धयले ना १५ प २००४ नम्बरको मोटरसाइकलको ट्याङकी मुनी लुकाएर विरंजतर्फ जादैगरेको अवस्थामा प्रहरीले निजहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेको यादबलाई म्याद थप गरी लागुऔषध मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here