कृष्ण मोहन साह

सेढवा –  प्रेस संगठन नेपाल पर्साको जिल्ला समितिको आज टुंगो लागेको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको भातृसंगठन प्रेस संगठन नेपाल पर्साको कार्यसमितिको शनिबार टुंगो लागेको हो । प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का इन्चार्ज लालबाबु शेषको अध्यक्षतामा बसेको संगठनको बैठकले संयोजक नीरज पिठाकोटे र सहसंयोजक अनुप तिवारी रहने गरी ४१ सदस्यि कमिटी गठन गरेको हो ।

नव गठित कमिटीको सदस्यहरुमा जितेन्द्र साह, संजिव मिश्र, पुष्प तिमिल्सिना, सफल खतिवडा, राकेश साह, जियालाल साह, आनन्द पटेल, मनोज पटेल, प्रमोद यादव, संतोष पटेल, राजेन्द्र सिंह नेपाली, लक्ष्मी खरेल, निरञ्जन मिश्र, बिनोद परियार, रुस्तम अलि, ग्यासु मियाँ देवान, अजय चौरसिया, धनन्जय मिश्र, तिवारी यादव, बिकाश साह, धर्मेन्द्र चौरसिया, मुनेशलायो मगर, सुवास राम, सन्नी मण्डल, सुवास आले, कृष्ण मोहन साह, दिपेन्द्र कुमार साह, बिदुर गौतम, समिना रंजितकार, राम मण्डल, अजित भुजेल लगायत ३५ जना रहेका छन् ।

४१ सदस्यीय समितिको थप ६ जना सदस्यहरु पछि थप गर्ने निर्णय भएको छ । त्यसैगरी महेश दासको आध्यक्षतामा १५ सदस्यि सल्लाहकार समिती समेत गठन भएको छ । नवगठित कमिटीको सदस्यहरुमा शत्रुघन नेपाल, गोविबन्द देवकोटा, प्रताप श्रेष्ठ, किरणराज पाण्डे, महेशचन्द्र गौतम, दिपक गौतम, युवराज खडका, जगत राई, सुष्मा शर्मा, बिजय भण्डारी, आशिक अंसारी, रसना ढकाल लगायत रहेका छन् ।

बैठकमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, राघव साह, लेखा समिति सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बंजारा, नेकपा पर्सा जिल्ला संयोजक प्रभु हजरा, सचिव बिजय महतो थारु लगायतको सहभागिता रहेको थियो । बैठकले यहि पुस ३ गते संठनको भेलाको आयोजना गर्ने निर्णय समेत गरेको केन्द्रीय केन्द्रीय सदस्य राघव साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here