कृपा संवाददाता
बरियारपुर ,  २७ मंसिर । पंचबर्षिय गढीमाई मेलामा श्रद्धालु भक्तजनहरुले भाकल गरि ल्याईएको रांगा जम्मा  ३५ सयको बलि दिईएको समितीले जनाएको छ ।  पंचबर्षिय गढीमाई मेला बलि ब्यवस्थापन  समितिको अध्यक्ष  रबिन्द्र साहको अनुसार बधशाला भित्र  तीन हजार  पांच सय रागाको बलि दिइएको जनाईएको छ ।
रागाको बलि गर्नु अगाडि देखि नै बलि ब्यवस्थापन समितिले प्रती  रांगा रु ५०० सय लिइ जम्मा  गर्ने गरेको र बधशाला भित्र लगभग ५ हजार भन्दा बढी रांगा रहेको स्थानियहरु बताउछन् ।  गढीमाई प्रती ठूलो आस्था र बिश्वास लिइ भाकल गर्ने र बलि दिइने रांगाको ठोस  तथ्यांक बलि ब्यवस्थापनले अझै सम्म नबुझाएको गढीमाई मेला ब्यवस्थापन मुल समितिको महासचिव मोतिलाल कुशवाहाले बताए ।
बिगतको मेला भन्दा यश बर्ष  रांगाको बलि संख्या न्यून हुनु आफैमा संकाको बिषय बनेको छ , यति बेला ।   बलिको लागि लयाईएको रांगा जम्मा  तीन हजार पांच सय रहेको  गणना टोलिका श्याम जैसवालले बताए । बिगतको मेलामा बलि दिइएको रांगाको टाउको गढीमाई मन्दिरको मुल पुजारी मंगल चौधरिको रोहबरमा गणना गरिएको भएपनी यश बर्ष  उनको रोहबरमा रांगा गणना  नगरिएको  पुजारी मंगल चौधरिले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here