जनकपुरधाम – मुख्यमन्त्री लालबाबु राउतले संविधान र कानूनले प्रदत गरेको मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । ७१ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज जनकपुरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री राउतले मानव अधिकारको संरक्षणमा प्रदेश सरकार अग्र स्थानमा रहने प्रतिबद्धता जनाउनु भएको हो ।

कुनै पनि व्यक्तिले आफनो मानवअधिकारको कुरा गर्दा अरुको अधिकारको संरक्षणका साथै आफनो कर्तव्य  पालना समेत गर्नु पर्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सबै व्यक्ति र सरोकारबला निकायहरुलाई सचेत हुनु पर्ने बताउनु भयो ।
मानव अधिकार संरक्षणको लागि सबै जनालाई सचेत र गम्भीर हुँदै आ–आफनो स्तरबाट सहयोग गन आग्रह समेत उहाँले गर्नु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं.२को प्रमुख विरबहादुर वुढामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल, मानवअधिकार महामेलाका संयोजक धिरेन्द्र बहादुर सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here