अनिल तिवारी
सिमरा, २३ मंसिर । बाराको पथलैया, आमलेखगंज तथा पिलुवा आसपासका क्षेत्रमा पछिलो समय बाँदरले सर्वसाधारण जनतालाई दुःख दिन थालेको छ । जीतपुरसिमरा उपमहानगरपालीकामा पर्ने पथलैया, पिलुवा, महेन्द्रनगर, अमलेखगंज लगायत क्षेत्रका बासीन्दालाई बाँदरले दुःख दिदै आएको यहाँका स्थानीयहरुले बताएका छन् । पर्सा राष्ट्रिय निकुञ्जसँगै जोडिएका मानव बस्तीहरुमा पसेर अन्नबाली खाईदिनुका साथै घरमै पसेर घरका सरसमान समेत नष्ट गर्न थालेको स्थानियहरुको भनाई छ ।

 

 

बाँदरको आतंकबाट आतकीत यहाँका स्थानीयले बाँदर नियन्त्रणका लागि पहल गरिदिन अनुरोध समेत गरेका छन् । खास गरी बाँदर मारेमा कानुनी कारवाही हुने भएकाले पनि स्थानीयले बाँदर नियन्त्रणको पहल गर्न सकेका छैनन् ।
बाँदर मार्नेको पहिचान भए ६ महिना देखी दुई वर्ष सम्म कैद र १० हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुँन सक्ने कानुनी प्रावधान रहेको छपर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकाएको छ ।

 

 

बाँदरले पूर्व पश्चिम महेन्द्र राजमार्गमा साईकल लिएर हिंड्ने सर्वसाधारणलाई समेत दुःख दिने गरेको छ । मोटरसाईकल र अन्य सवारीसँग डराए पनि साईकल यात्रुलाई बाँदरले झम्टने र सामान खोस्ने समेत गरेको पथलैयाका स्थानीय पेश्लमुल्मीले जानकारी दिनुभएको छ । खास गरी होटल नै होटेल भएको पथलैयाका ब्यवसायीहरुपनि बाँदरबाट आतकंीत छन् । बाँदरले होटलका सरसमान नष्ट गरीदिने तरकारी खाईदिने गरेपछि यहाँका होटल ब्यवसायी समेत चिन्तीत भएको अर्जुन लम्सालको भनाई छ ।

 

 

 

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वन कार्यालय बाराको क्षेत्रमा पर्ने जंगल क्षेत्रका स्थानीयलाई बाँदरले मात्र हैन अन्य जंगली जनावरले पनि उत्तिकै सताउँने गरेको स्थानीयको भनाई छ । रातीको समयमा जंगल क्षेत्रबाट आउँने नीलगाई र घोड गधाले किसानको बालीनाली नष्ट गर्ने गरेको छ । निकुञ्ज क्षेत्र भएकोले यसलाई रोक्न नसकिने तर कम गर्न विभिन्न उपाए अपनाउन सकिने बन संरक्षणमा लाग्नु भएका भिमेश्वर सामुदायीक बनका अध्यक्ष मुल्मीले जानकारी दिनुभयो । उहाँले केहि समय पहिले बाँदर नियन्त्रण गर्न बाँदरे घासको बिउ ल्याएपनि त्यसको सदुपयोग गर्न नसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here