हेटौंडा – मकवानपुरको भीमफेदी करागारका बन्दीहरुको मानव अधिकार दयनीय रहेको पाइएको छ। न्ेपाल मानव अधिकार संगठन मकवानपुर शाखाले असोज ४ गते गरेको अध्ययत प्रतिवेदन आज सार्वजनिक गर्दै संगठनका मकवानपुरका शाखाका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो । अध्ययनतप्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार संगठन मकवानपुर शाखाकी अध्यक्ष अप्सरा बस्नेतले भीमफेदीका बन्दीहरुको अवस्था नाजुक रहेको बताउनुभयो ।

 

 

 

भीमफेदी कारगारका बन्दीहरुको मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जिल्ला न्यायधिश कमलराज बिष्टले बताउनुभयो । कार्यक्रममा जिल्ला न्यायधिवक्ता हरि भट्टले कारगारका बन्दीहरुको मानव अधिकारको कुरा गरिरहदा उनीहरुबाट पीडित भएकाहरुको मानव अधिकारको बिषयमा पनि कुरा उठ्नु पर्नेमा जोड दिनुभयो । एम्नेष्टी इन्टरनेशनलका अध्यक्ष बिजय कुमार बैद्यको अधयक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल बार एसोशिएन उच्च अदालत हेटौंडा इजलासका अध्यक्ष युवराज ओली,गैर सरकारी संस्था महासंघका प्रदेश संयोजक बुद्ध शरण लामा लगायतले आप्ना धारणा राख्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here