नेकपा वीरगन्ज महानगर कमिटीको याेजना अनुसार यही मंसिर २१ गते महानगरपालिका १३ नम्बर वडाकाे कार्यकर्ता भेला नेकपा केन्द्रीय सदस्य तथा महानगर कमिटी ईञ्चार्ज दिनेश राई काे प्रमख अतिथ्यमा र नसुरद्दिन अन्सारी काे अध्यक्षतामा सम्पन्न भएकाे छ । साे भेलामा प्रमुख अतिथि दिनेश राई ले महानगर कमिटीले ३२ वटै वडामा नेकपाकाे संगठनलाई पुराउने र अाधारभुत तह सम्म कामलाई बलियाे वनाएर लैजाने जानकारी गराउनु भयाे ।
त्यसै गरि नेकपा वीरगञ्ज महानगर कमिटी सचिव डा. विशम्वर शर्म ले पार्टी कामकाे जानकारी दिनु भयाे । साे भेलामा नेकपा पर्सा जिल्ला सदस्य अानन्द उपाध्याय, अाेबिसि पर्सा अध्यक्ष अखेलश साहले भनाई राखेकाे थियाे । कार्यक्रम सञ्चालन हिरा गिरी ले गरेकाे र स्वागत मुस्तुफा अन्सारी ले गरेकाे थियाे । साथै भेलाबाट हिरा गिरी, प्रदिप यादव, नसुरद्दिन अन्सारी, मुस्तुफा अन्सारी लगायत २५ जनाका कमिटी गठन गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here