कृपा संवाददाता
हेटौंडा , १४ मंसिर । हेटौंडा उपमहानगरवासीको स्वास्थ्य अवस्था टोलमै गएर समाधान गर्ने उदेस्यले हेटौंडा १४ मयुरधापमा आज निशुल्क स्वास्थ्य शिबीर तथा औषधि वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सवै नागरिक स्वस्थ रहनका लागि नियमित रुपमा स्वास्थ्य परिक्षण गराउनका लागि आग्रह गर्नुभयो ।

 

 

उपमहानगरपालिकाको आयोजना तथा अल्का हस्पिटल काठमाण्डौको प्राविधिक सहयोगमा शिवीरको आयोजना गरिएको हो । नागरिकको स्वास्थ्य पहिलो काम भएकाले यसमा ध्यान दिदै काम समेत गरिदै आएको मेयर महतले वताउनुभयो । बिवीरमा ४ सय जनाले स्वाथ्य परिक्षण गराएका थिए । कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको बिशेष आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here