कृपा संवाददाता
हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती उपयुक्त हुने वताउनु भएको छ । आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरु संगको गोप्य भेटका क्रममा सुरक्षा लगायतका विभीन्न कारणले पनि प्रदेशको स्थायी राजधानी हेटौंडा नै उपयुक्त हुने वताउनुभयो ।

 

वैठकमा सहभागि प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावाजोर्जे लामाका अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती तोकिने भनेर अध्यक्ष प्रचण्डले वताउनु भएको जानकारी दिनुभएको छ । बैठकपछी बाहिरीए लगतै मन्त्री लामाले भन्नुभयो–‘प्रदेशको नाम वागमती र स्थायी राजधानी हेटौंडा भन्नुभएको छ ।’
प्रदेशको राजधानी र नामाकरणको विषयमा प्रचण्डले आफु काठमाण्डौ गए लगतै छलफल चलाएर टुङ्ग्याउने जानकारी गराउनुभएको वताउँदै वैठकका अर्का सहभागि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भन्नुभयो–‘नाम र राजधानी छिट्टै टुङ्ग्याउनुपर्छ । संघीयतालाई स्थायीत्व गराउन पनि यो काम पनि छिट्टै गर्नुपर्छ । अहिलेको प्रस्ताव मध्य सुरक्षा र पूर्वाधारका हिसावले पनि हेटौंडा उपयुक्त हुन्छ भन्नुभएको छ ।’

 

संघीयताको पहिचानको कुरा हामीले उठाएको उठाएको वताउँदै प्रचण्डले छलफलका क्रममा भन्नुभयो–‘संघीयतामा पहिचानका कुरा हामीले उठाएका हौं । ताम्सालिङ, नेवा हामिलेनै भनेका हौं । बागमती सर्वैको साझा र सभ्यता भएकाले यो नाम उपयुक्त हुनसक्छ ।’ प्रदेशको नाम र राजधानीका विषयमा पहिले पाटीमा छलफल गरेर यहाँको संसद वैठकले निर्णय गर्ने अध्यक्ष प्रचण्डले वताउनुभयो । पूर्ण जिमेवारी भने यहाँको संसद वैठकको रहेको वताउनुभयो ।

 

वैठककै अर्का सहभागि प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराज जमकट्टेलले भने प्रदेशको राजधानी र नामा के राख्ने भनेर गोप्य वैठकमा तोकिनसकेको दावि गर्नुभयो । उहाँले भन्नुभयो–‘पहिले नेकपाका केन्द्रीय कमिटीका नेताहरुनै हेटौंडा राजधानी राख्ने विषयमा विभाजित छन् । प्रदेश संसदमा मतदान हुन्छ अनी राजधानी र नामाकरण तोकिन्छ । पाटीका अर्का अध्यक्ष केपी ओली र केही शिर्ष नेताहरु सहमत भएपछी मात्र हेटौंडा राजधानी तोक्न सकिन्छ । अरु सवै पिक्षमा देखिन्छन् अनी कसरी संभव छ ।’

 

नेकपा मकवानपुरले आज मुख्यमन्त्री निवासमा गरेको कार्यकर्ता भेटघाटका अवसरमा अध्यक्ष प्रचण्डले छिटो भन्दा छिटो प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउने जानकारी गराउनुभयो । नाम र राजधानीको काम सकिएपछी विकासको काममा लाग्नुपर्ने उहाँले वताउनुभयो । यो काम पाटीले निर्णय गरेर प्रदेश सभाले टुङ्गो लगाउने उहाँले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here