मंगलबार बाराको निजगढमा मन्तब्य राख्दै प्रचण्ड ।

कृपा संवाददाता
बारा – नेपाल कम्न्युष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तराई मधेशको समृद्धिका लागि अन्सन बस्नु परे बस्ने बताएका छन् । नेकपा प्रदेश नं.२ कमिटीले तराई मधेस समृद्धि कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता भन्ने नाराका साथ बाराको निजगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले तराई मधेशको विकास निर्माणका लागि आन्दोलन गर्न पछी नपर्ने बताए ।

विकास निर्माणका काममा युद्ध स्तरमा काम गर्न ठेकेदारहरु बाधक बनिरहेको संकेत गर्दै प्रचण्डले तिनलाई कार्वाही गर्न सरकारलाई भन्ने बताए । “यदी सरकारले पनि सुन्न गारो भयो भने म आफैं अन्सन बस्ने छु” प्रचण्डले भने । “विकास र समृद्धिको यात्रामा तपाईहरुकै साथमा रहनेछु । तराई मधेशका जनता ईतिहास काल देखिनै परिर्वतनका निमित्त, राष्टिय शुरक्षा, राष्टियताका निमित्त कटिबद्ध रहेको र राष्टको पहरेदार भएर लाग्नु भएको छ, तपाईहरुको विकासमा पार्टी र सरकार प्रतिवद्ध छ” , प्रचण्डले भने ।

तराईमधेशका जनताको विकासका निमित्त सम्पूर्ण ध्यान केन्द्रित गरिने उनले बताए । प्रचण्डले चुनावी अभियानका क्रममा आफुले पटकपटक तराईमधेशसँग गहिरो लभ परेको भनेको स्मरण गर्दै भने “आज म के भन्छु भने मेरो लभरलाई यो भन्दा बढी दुःख दिने विकास निर्माणमा गती नदिने कुरा शैय छैन । ” “विकसका निर्माणको कामलाई गती नदिने हो भने लभरका निमित्त यतै आएर आन्दोलन गर्न तयार छु ” ,पचण्डले भने ।

आफु पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतीय प्रधानमन्त्रीसंगको विशेष कुराकानीपछी हुलाकी राजमार्ग निर्माण प्रकृया अघि बढेको उनको भनाई थियो । तराई मधेशलाई राजधानीसँग जोड्ने द्रुतमार्ग यूद्ध स्तरमा अघिपढाउन पहल कदमी लिएको र यस आयोजना ताकिएको समयमै सम्पन्न हुनेमा विस्वस्त रहेको बताए । निजगढमा निर्माण हुने दोस्रो अन्राष्टि विमानस्थल निर्माण प्रकृया सुरु भएको भन्दै टाँगियाबस्तीका १४७६ घरपरिवारको चाँडै उपयूक्त ब्यवस्थापन हुने प्रचण्डले जानकारी गराए ।

कोशी मरिन बाग्मती डाईभर्सन, पूर्व पश्चिम रेलमार्ग, विरगजं काठमाण्डौं रेल, पूर्व पश्चिम एक्सप्रेस हाईवे हाम्रैपालामा सम्पन्न गरिने प्रचण्डले बताए । कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरलले विकास मार्फत तराईमधेश विचको दुरी मेटाउन चाहेको बताए । तराईको उर्भरभुमि सिंचीत गरेर यहाँको उत्पादनले राष्टको भोक मेटाईने बताए । तराईमधेशमा निर्माणधिन एकदर्जन राष्टिय गौरवका आयोजना समयमै सम्पन्न गर्न कुनै कसरबाँकी राखिन्न मन्त्री पोखरलेले भने ।

भारतले केही समय अघि सार्वजिनीक गरेको राजनैनिक नस्शा तर्फ संकेत गर्दै रक्षामन्त्री पोखरलले एकईन्च आफ्नो भुमी छाड्न नसकिने बताए । त्यसका लागि आवश्यक पहल भैरहेको उनको भनाई थियो । कार्यक्रममा विभिन्न विभागिय ८ मन्त्री सहभागि हुने भनिएपनी पूर्व प्रधानमन्त्री प्रचण्ड,रक्षामन्त्री पोखरल, श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्री रामेश्वर राय यादव मात्रै कार्यक्रममा सहभागि भएका थिए । त्यस्तै नेकपाका महासचिब विष्णु पौडेल समेत कार्यक्रममा सहभागि थिए । कार्यक्रम नेकपा प्रदेश संयोजक प्रभु साहको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here