कृपा संवाददाता
डुमरवाना  – कृषि पेसालाई आय आर्जनसँग जोडन सकेमा मात्र किसानहरुको जिवन स्तर उठन सकिने निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेश क का सांसद ज्वाला कुमारी साहको भनाई रहेको थियो । ९७ प्रतिश्त महिला सदस्य रहेको साना किसान कृषि सहकारी संस्था मनहर्वाको १७ औ वार्षिक साधारण सभाको उदघाटन समारोहलाई संम्बोधन गर्दै प्रदेश सभासद साहले कृषि क्षेत्रले मात्र देशको ८५ प्रतिश्त अर्थ धानिएको जानकारी दिए ।

 

प्रदेश सभासद साहले सहकारीहरु जनताको बचतले चल्ने र सरकार जनताको करबाट चल्ने हुनाले सचेत भएर अधिकारको लागि महिलाहरु लडनु पर्ने कुरामा जोड दिएका थिए । तराईमा दाईजो प्रथालाई न्यूनिकरण गर्न सहकारीमा आबद्ध महिलाहरु लागिपर्न आबहान गरेकी थिईन् । आफनो क्षेत्रमा सहकारी संस्थाहरुलाई सक्दो सहयोग गरिरहेको र आगामि दिनमा समेत निरन्तर सहयोग रहने बताए ।

साधारण सभालाई कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी , शिक्षीका मिना चौधरी , वडा अध्यक्षहरु अर्जुन दाहाल, राजेश मंण्डल, संञ्चारकर्मी बिदुर खडका, सहकारी संस्थाहरुको तर्फबाट बिश्वोनाथ लामिछाने , सहकारी बैकका शेर बहादुर चौधरी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

 

सभाका अध्यक्ष्यता संस्थाका अध्यक्ष नैनकला खडकाको रहेको थिायो । कार्यक्रमको संञ्चालन प्रबन्धक पुष्पराज खतिवडाले गरेका थिए । दुई हजार दुई सय सदस्य रहेको सहकारीले यस बर्ष १ करोड ९ लाख खुद नाफा गरेको बारे सस्थाका प्रबन्धक खतिवडा जानकारी दिए । त्यसैगरी कृषि सहकारी संस्थाले बिभिन्न बिधामा उत्कृट भएका सदस्यहरुलाई संम्मान तथा पुरस्कार वितरण गरेको थियो । संस्थाले संचारकर्मी दिवाकर भंण्डारीलाइ पनि सम्मान गरेका थिए । पत्रकारीतामा लागेर समाजकाे लागि  कलम चलाएकाे भन्दै संस्थाले सम्मान गरेका थिए । साथै  बृद्धाहरु गणेस महरा, तेतरिया हजाम लगायतलाई संम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here