कृपा संवाददाता
बरियारपुर , ८ मंसिर ।  सडक अतिक्रमण गरि बनाईएको पक्की घरहरु तीब्र  रुपमा भत्काईदै छ । बाराको महागढीमाई नगरपालिका ३ र १० गंन्जभवानिपुरमा मुख्य सडक संग जोडिएको  दर्जनौं  पक्की घरहरु भत्काईएको छ ।

 

सडक बिस्तारको कार्यलाई तिब्रता दिदै गंन्जभवानिपुर बजारमा सडक अतिक्रमण गरि बनाईएको घरहरु भत्काईएको वडा अध्यक्ष  चन्दन साहले बताए । गंन्जभवानिपुरको मुख्य सडक चौध किलो मिटर संग जोडिने मुख्य सडकको रुपमा रहेको र सवारीसाधन ओहरदोहर गर्न कठिनाई भएपछी स्थानियहरुको मंजुरिमा ३० फिट बाटो फराकिलो बनाईएको  महागढीमाई वडा३ को वडा अध्यक्ष  चन्दन साहले बताए ।

 

सडक बिस्तारको कार्य लग्तै दुबै छेउमा नाला निर्माण गर्ने  योजना रहेको स्थानिय ब्यापारीहरुले बताए । सडक बिस्तारको कार्यले साङ्गुरो बाटो फराकिलो भएपछी दुरखटनाको संभावना  न्यूनीकरण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here