साईकल यात्रामा सहभागि यूवाहरु

कृपा संवाददाता
मनहर्वा , ७ मंसिर । नेपाल पर्यटन बर्ष २०२० का अवसरमा १२ मकवानपुरे यूवा सहित बाराको सिमराबाट ३६ जनाले करिब ५ घण्टे साईकल यात्रा सम्पन्न गरेका छन् । शनिबार बिहान सिमरा बिमान स्थल नजिकैबाट सुरु भएको साईकल यात्रा जितपुर, विरगजं ,कलैया हुँदै गढिमाई पुगेर पुन कलैया मनहर्वा हुँदै सिमरा पुगेर समापन गरिएको यात्रामा सहभागि निराजन थापाले जानकारी दिए ।

 

 

साईकल यात्रीलाई नेपाल पर्यटन बर्ष २०२० का जिल्ला समन्वय समितीका सदस्य तथा होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, नेकपाका जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ लगायतले बिदाई गरेका थिए । उनीहरुलाई कलैया स्थीत भरत चोकमा होटल ब्यवसायी संघले स्वागत गरेको छ ।

 

बारामा पर्यटन प्रवर्धनका लागी स्थानिय तवरबाटै अभियान संचालन गर्न आवस्यक रहेको भन्दै अध्यक्ष शर्माले यसै अभियानलाई सफल बनाउन अन्य बिभिन्न कार्यक्रमको समेत तयारी थालिएको जानकारी दिए । बाराको महागढिमाई नगरपालिका १ बरियारपुरमो बिश्व प्रसिद्ध गढिमाई पन्चबर्षिय मेलो चलिरहेको छ । प्रदेश नं.२ कै पर्यटकीय गन्तब्यको रुपमा रहेको गढिमाइए मन्दिरमा मेलाको अवसरमा दनिकै ४० हजार भक्तजनले मन्दिरको दर्शन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here