अनिल तिवारी
सिमरा, ३ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा बि २ पानीको आतंक फैलिएको छ । बि २ पानी उत्पादन हुने कारखानााट निस्किएको सफा पानी जीतपुरको खुल्ला सडकमा बिना कुनै रोकावट बगन थालेपछि सफा पानीमा हुने डेङ्गु रोग जस्ता बिरामीको संख्यामा बृद्धि हुदै गएको छ । सफा पानीमा हुने डेङ्गु रोगको लामखुट्टे जीतपुरमा बढेपछि यहाँका स्थानियहरु समस्यामा परेको र यो लाम्खुट्टे बि २ बाट निस्केको पानीमै हुने गरेको आशंका स्थानियहरुमा छ । पछिलो समय जीतपुरमा दिनैपिछे यस रोगका बिरामी भेटिने गरेको छ ।

 

केहि समय पहिला जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य शक्ति गुप्ता नै डेङ्गु रोगको सिकार बने । उनले हाल सम्म जीतपुरमा मात्रै २५÷३० जना भन्दा बढि ब्यक्ति यस रोगको शिकार भै सकेको जानकारी दिए ।
सफापानीमा बस्ने यस रोगको लामखुट्टेको नियन्त्रणमा औषधी भन्दा सरसफाई बढि प्रभावकारि हुने बताउँदै वडा सदस्य गुप्ताले जीतपुरको सरसफाईमा स्थानिय निकाय बढि सक्रिय हुन आवश्यक रहेको बताए ।

 

हाल जीतपुरमा बि २ पानीको उद्योग भित्रबाट लाखौँ लिटर पानी औचित्य हिन तरीकाले बाहिरीने गरेको पाईन्छ । यसलाई रोक्न न वडा कार्यालय न त नगरपालिका नै सक्रिय भएको पाईन्छ । यता पानीका साथै सरसफाईमा ध्यान नदिए डेङ्गुका साथै अन्य रोगपनि बढ्न सक्ने स्थानिय चिकित्कको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here